मलेसियाको पेराकस्थित ECO Medi Glove Sdn. Bhd. कम्पनीमा नेपाली कामदारका लागि शून्य लागत (Zero Cost) रोजगारीको अवसर खुलेको छ। कम्पनीले स्वास्थ्य सेवा तथा क्लिनरुम प्रयोगका लागि मेडिकल ग्लोभ्स उत्पादन गर्दै आएको जनाएको छ। कम्पनी पेराक, मलेसियामा रहेको ग्लोभ्स उत्पादक उद्योग हो।
माग विवरण
पद: Helper (सहयोगी)
पुरुष: ८७ जना
महिला: ० जना
न्यूनतम योग्यता: पढ्न र लेख्न सक्ने
मासिक तलब: १,७०० मलेसियन रिंग्गिट (करिब रु. ६१,८९७)
ओभरटाइम: कम्पनीको नियमानुसार
दैनिक काम: ७.५ घण्टा
साप्ताहिक काम: ६ दिन
वार्षिक बिदा: कम्पनी नियमअनुसार
खाना सुविधा: छैन
आवास सुविधा: छ
करार अवधि: २ वर्ष
पूर्व स्वीकृति विवरण
पूर्व स्वीकृति मिति: २०२६/०५/२६
Consignment No.: 60256027
L.T. No.: 342688
रोजगारदाताले व्यहोर्ने सुविधा
सूचनाअनुसार कामदारले कुनै भर्ती शुल्क तिर्नुपर्ने छैन। रोजगारदाताले:
राहदानी बनाउने वा नवीकरण खर्च
मेडिकल परीक्षण शुल्क
भिसा प्रक्रिया शुल्क
विदेशी रोजगार बीमा
कल्याणकारी कोष
सामाजिक सुरक्षा कोष (SSF)
प्रि-डिपार्चर अभिमुखीकरण तालिम
काठमाडौं–मलेसिया हवाई टिकट
विमानस्थलदेखि कार्यस्थलसम्म यातायात
आवास सुविधा
रोजगारपछि आवश्यक ट्रान्जिट खर्च
लगायतका खर्च व्यहोर्ने जनाएको छ।
अन्तर्वार्ता सम्बन्धी जानकारी
आवेदनकर्ताले सूचनामा रहेको QR Code स्क्यान गरेर अनलाइन दर्ता गर्नुपर्नेछ।
पहिलो दर्ताका आधारमा २०० जना आवेदक मात्र छनोट प्रक्रियामा समावेश गरिनेछन्।
पूर्ण विवरणसहित आवेदन दिएका उम्मेदवारलाई फोन वा सन्देशमार्फत अन्तर्वार्ताको जानकारी दिइनेछ।
भौतिक अन्तर्वार्ता: २९ जुन २०२६
स्थान: आकांक्षा बिल्डिङ, काठमाडौं
सम्पर्क
थप जानकारीका लागि:
निशा सुबेदी (Recruitment & Administrative Officer)
मोबाइल: 9801122306
कम्पनी परिचय
ECO Medi Glove Sdn. Bhd. मलेसियाको पेराक राज्यस्थित मेडिकल तथा क्लिनरुम ग्लोभ्स उत्पादन गर्ने कम्पनी हो। कम्पनीले स्वास्थ्य सेवा, प्रयोगशाला, सेमिकन्डक्टर तथा औद्योगिक क्षेत्रका लागि ग्लोभ्स उत्पादन गर्दै आएको छ।


